बुवाको प्रेरणाले प्रहरी निरीक्षक बनिन् बाँकेकी अरुणा बुढाक्षेत्री, देशसेवामा समर्पित हुने लक्ष्य

0
36

अमित गुप्ता, नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरस्थित बलैपुरकी अरुणा बुढाक्षेत्री (अनु) ले नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन्। तालिम पूरा गरेसँगै उनी देश र जनताको सेवामा समर्पित हुने नयाँ यात्रामा अघि बढेकी छन्।

बुबा तोजेन्द्र बुढाक्षेत्री र आमा निर्मला बुढाक्षेत्रीकी कान्छी छोरी अरुणाको प्रहरी निरीक्षकसम्मको यात्रा मेहनत, आत्मविश्वास, पारिवारिक प्रेरणा र सेवाभावसँग जोडिएको छ।

विद्यालयदेखि प्रहरी सेवासम्मको यात्रा

अरुणाले आफ्नो प्रारम्भिक शिक्षा नेपालगन्जस्थित युनाइटेड एजुकेसन एकेडेमीबाट हासिल गरेकी हुन्। अध्ययनमा अब्बल उनी विद्यालयमा आफ्ना साथीहरूमध्ये दोस्रो स्थान हासिल गर्ने विद्यार्थीका रूपमा परिचित थिइन्।

विद्यालय तहको अध्ययन पूरा गरेपछि उनले ब्राइटल्यान्ड कलेजबाट कक्षा १२ उत्तीर्ण गरिन्। त्यसपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बीबीए अध्ययन पूरा गरिन्।

स्नातक तहको पढाइपछि उच्च शिक्षाका लागि उनी काठमाडौं गइन्। उनका धेरै साथीहरू पनि उच्च शिक्षाका लागि काठमाडौं पुगेका थिए। कोही लोकसेवाको तयारीमा लागेका थिए भने कोही विदेश जाने योजनामा थिए। केही साथीहरू चिकित्सा शिक्षातर्फ अघि बढिरहेका थिए।

अरुणाले भने बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने सोचसहित एमबीएस अध्ययन गर्ने योजना बनाएकी थिइन्। यही सोच लिएर उनी घरपरिवारसँग सल्लाह गर्दै अघि बढिरहेकी थिइन्। तर, आफ्नो भविष्यबारे उनी पूर्ण रूपमा निश्चित भइसकेकी थिइनन्।

बुवाको एउटा सुझावले बदलियो जीवनको बाटो

आफ्नो भविष्यबारे अन्योलमा रहेकी अरुणाले एक दिन बुबा तोजेन्द्र बुढाक्षेत्रीसँग सल्लाह मागिन�

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here