बाँके कोहलपुरस्थित होटल म्याक्समा प्रहरीले छापा मार्दा ४० भारतीय नागरिकसहित २ नेपाली गरी ४२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार पक्राउ परेकाहरूको साथबाट २८ थान ल्यापटप र ७६ थान मोबाइल फोन बरामद गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेकाहरूको गतिविधि तथा बरामद सामग्रीको प्रयोगबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।









