लागुऔषध नियन्त्रण ब्युरो को कडा एक्सन अहिले सम्म को ठुलो परिणाममा खैरो हिरोईन सहित २ जना पक्राउ

0
23

सहर्ष बिक्रम

मिति २०८३।०४।१८ गते, लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय,नेपालगंन्ज ।
५२६ ग्राम २९० मिलिग्राम लागू औषध खैरो हेरोईन सहित २ जना मानिस पक्राउ
१)नाम- सुशील भण्डारी
उमेर- ३० वर्ष

ठेगाना- जि. बाँके ने.ग.उ.म.न.पा. वडा नं.०४ सुर्जी गाउँ
२) नाम- अरुण कुमार जायसवाल
उमेर- ५५ वर्ष
ठेगाना- ऐ.ऐ. वडा नं.१०

मिति २०८३।०४।१८ गते ११:३० बजेको समयमा जिल्ला बाँके ने.ग.उ. वडा नं. ०४ बस्ने बर्ष ३० को सुशिल भण्डारी ले लागू औषध खैरो हेरोईन खरिद बिक्री एंबम ओसार पसार समेतको कारोबार गरीरहेको भनि विशेष सुराकीले दिएको सुचनाको आधारमा जि.बाँके ने.ग.उ.म.न. पा. वडा ०४ न्यूरोड नजिक निजलाई फेला पारी निजलाई कानुन बमोजिम शरीर खानतलासी गर्दा निज सुशिल भण्डारी ले लगाएको ट्राउजरको दाहिने तर्फको खल्ती भित्र लुकाई राखेको अवस्थामा ला.औ. खैरो हेरोईन शुद्ध तौल ४२ ग्राम ३४० मिलिग्राम मोबाइल थान-१ समेत बरामद गरी निजलाई मौखिक सोधपुछ गर्दा निजले जि. बाँके ने.ग.उ.म.न.पा. वडा नं. १० बस्ने अरुण कुमार जायसवाल ले दिएको भनी बताएकोले निजलाई समेत साथ लिई उक्त स्थानमा गई निजलाई समेत पक्राउ गरी कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट लागू औषध खैरो हेरोईन शुद्द तौल ९४ग्राम ५०० मिलिग्राम र डिजिटल तराजु थान-१ मोबाईल थान-१ र निजलाई साथमा लिई निजको डेरा कोठा समेत खानतलासी गर्दा निजको कोठाको दराज भित्र लुकाई राखेको अवस्थामा शुद्ध तौल ३८९ ग्राम ४५० मिलिग्राम र जम्मा लागू औषध खैरो हेरोईन ५२६ ग्राम २९० मिलिग्राम र नेपाली नगद रु १ लाख ८० हजार र भारु रु २ लाख १ हजार ४०० सहित निजहरुलाई समेत पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here