१४ चैत, बाँके । नेपालको गौरव राष्ट्रिय झण्डाको अपमान गर्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैफुलवरा जोलाहले समेत सेवाग्राहीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

वडाका सेवाग्राही सेवा लिन वडाकार्यालय आउँदा सेवाग्राहीले कार्यकक्षमै वडाध्यक्षलाई कुटपिट गरेको बताईएको थियो । तर सेवाग्राहीले मात्र होइन वडाअध्यक्षले समेत सेवाग्राहीलाई कुटपिट गरेको भिडियोमा प्रष्ट छ ।
सेवाग्राही सराफत हल्वाई लगायतका उनका छोरा मोहम्मद अरसद हल्वाईले सेवा लिन वडाकार्यालय गएका थिए । दुई पक्षको व्यक्तिगत विवाद र रिसिविका कारण नागरिकता र मार्कसिटमा सामान्य गल्ती सच्याउनका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले सिफारिस दिन नमाने पछि विवाद उत्पन्न भएको थियो ।

एक वडाध्यक्षले जायज र आधिकारिक कार्यका लागि के कारणमा सिफारिस दिन नमिल्ने हो भन्ने विषयमा लिखित रुपमा जवाफ मागे पछि आक्रोशित वडाध्यक्षले आफ्नो कुर्सी छाेडेर सेवाग्राही तर्फ हातपात गर्न आए पछि सेवाग्राहीले पनि अध्यक्षलाई कुटपिट गरेको भिडियोले आफै बोल्छ । वडाध्यक्षले सिफारिस नदिने धम्कीपुर्ण जवाफ दिए थिए ।
वडाध्यक्षले कार्यालयमा भएको राष्ट्रिय झण्डाले सेवाग्राहीलाई कुटपिट गरेका छन जुन राष्ट्रिय झण्डाको अपमान पनि हो । अध्यक्षले सेवाग्राहीलाई झण्डामा रहेको पाइपले कुटपिट गरेको देखिन्छ ।
अध्यक्ष लगायतका केही आफू संग करिब रहेका व्यक्तिले कार्यालय तोडफोड र आक्रमणबाट अध्यक्ष जोलाहको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको एक तर्फी रुपमा समाचार सम्प्रेषण गरेका थिए जुन पत्रकारिता नियमको उलंघन समेत हो । उक्त आर्को पिडित पक्षको कुनै सोधपुछ नै न गरि संचार गरिएको थियो ।
वडाध्यक्ष जोलाहलाई कुटपिट गरेको आरोपमा स्थानीय सराफत हल्वाईलाई वडा प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । वडा कार्यालयका इन्चार्ज डिल्ली बहादुर खडका अनुसार हल्वाईका छोरा मो.अर्षद हल्वाई अझ पनि फरार रहेका छन ।
अरशद हलवाई कक्षा ११ मा अध्यनरत विद्यार्थी हुन । शिक्षा हासिल गर्न नागरिकता लगायतका कागजात भबिस्यका लागि महत्वपूर्ण हुँदा पनि वडाध्यक्षले भविष्य देखि खेलवाड़ गर्दै फारम भर्नका लागि नागरिकतामा भएको नाम सच्चउन सिफारिस दिएन्न जुन आफ्नो पदको दुरुपयोग हो ।
दुबै पक्षको कार्वाही मागको पत्र प्रहरीमा:
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी सुभाष खडका अनुसार कार्वाही माग गर्दै दुबै पक्षको निवेदन बाँके प्रहरीमा पुगेको छ । प्रहरी अनुुसार दुवै पक्षको उत्तिकै गल्ती देखिएको छ ।
सहमति गर्ने संकेत: जिल्ला प्रहरी कार्यालय बाँके दिएको जानकारी अनुसार दुबै पक्षका व्यक्तिहरुलाई भोलि आइतबार जिल्ला प्रहरी कार्यालयमा छलफर गराईनेछ । उक्त छलफलबाट निस्किने निस्कर्षबाट अगाडिको प्रक्रिया अगाडि बढाईने प्रहरीले जनाएको छ ।
पदको दुरुपयोग: नागरिकता लगायतका कागजात भबिस्यका लागि महत्वपूर्ण हुँदा पनि वडाध्यक्षले पदको दुरुपयोग गर्दै विद्यार्थीको भविष्य देखि खेलवाड़ गर्दै फारम भर्नका लागि नागरिकतामा भएको नाम सच्चउन सिफारिस दिएका थिएन्न ।
चौतर्फी बिरोध: उक्त विषयमा समाजिक संजाल देखि राजनिती पार्टी, संगठन सम्म समेत चौतर्फी बिरोध भई रहेको छ । विद्यार्थीको भविस्य संग खेलवाड गर्ने वडा अध्यक्षलाई कार्वाही हुनुपर्नेमा समाजिक संजाल रङ्गिएको छ ।
राष्ट्रिय झण्डाको अपमान:
१५१. राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय प्रष्ट छ ।










