११ चैत, बाँके । नेपालगन्जमा पुनः सरकारी सवारी साधन दुरुपयोग भएको छ । नेपालगन्जमा सरकारी सवारी साधनको दुरुपयोग भएको घटनाहरुको उकालो लाग्दै गएको हुँदा पनि प्रशासन मौन देखिएको छ ।
भे १ ब १७७५ सेतो रङ्गको नम्बर प्लेट भएको सरकारी मोटरसाइकल मंग्लवार दिउँसो स्वस्तिक ड्राइभिङ सेन्टर नेपालगन्जमा ड्राईभिङ प्रयोजनको लागि प्रयोग भएको श्रोतले जनाएको छ । यो नियम बिपरित पनि हो । हाल सम्म सरकारी सवारी साधन व्यवस्थापन हुन नसक्नुमा ट्राफिक प्रहरीका साथै स्थानिय सरकारको पनि कमजोरी छ । प्राय ट्राफिक प्रहरीको नजर ईन्डियन मोटरसाइकलमा मात्र पुग्ने गरेको तथ्य छ ।
बाँकेमा रहेका स्थानीय तहले खरिद गरेका दुई पांग्रे तथा चार पांग्रे सवारी साधनको लगभग दुरुपयोग भएकै छन । कहिले सामान किन्ने बहानामा, कहिले अन्य व्यक्तिले प्रयोग गरेको खण्डमा ! यति मात्र होइन प्राय भाटभटेनी नेपालगन्जको पार्किङ स्थलमा साझपख जमात नै लाग्ने गरेको छ ।
यसअघि पनि नेपालगन्ज उपमहानगरपालिका १४ कार्यालयका अध्यक्षले प्रयोग गर्ने सरकारी सवारी साधन दुरुपयोग भएको नाईल खबरले समाचार प्रकाशन गरेको थियो तर ट्राफिक कार्यालय लगायत प्रशासनले कुनै ठोस कदम नचालेको बुझिएको थियो ।
खुलेआम सरकारी सवारी साधन दुरुपयोग हुँदा पनि हाल सम्म बाँकेको कुनै सम्बन्धित निकायले ठोस कदम चालेको देखिएको छैन ।
सरकारी नम्बर प्लेट भएका सवारी साधन अफिस समयमा मात्र चलाउन पाउने नियम छ । तर पनि नेपालगन्जमा अफिसको समय पश्चात पनि अनेक बहानामा पसलका अगाडि देखा पर्ने गरेका छन् ।
पछिल्लो समयमा सरकारी मोटरसाइकल कुन प्रायोजनका लागि कसले र कति वेलासम्म प्रयोग गर्ने भन्ने विषयमा अन्योलता छाएको छ । प्रहरी प्रशासनले पक्राउ गरे राजनीतिक पहुँचका आधारमा उनीहरू माथि नै जनप्रतिनिधि खनिने भएका कारण समेत स्थानीय प्रहरी प्रशासनले यो विषयमा चासो नदिएको पाइन्छ ।












