२९ फागुन, बाँके । नेपालगन्जमा आज शनिबारबाट ट्यालेन्ट हण्ट सिजन २ सुरु हुने भएको छ । युवा युवतीहरुको नेतृत्व र क्षमता बिकास हुने उद्देशले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमा जनाएको छ ।
भावी दिनहरूमा यसको प्रभाव कस्तो पार्ने कसरी आकर्षक गर्ने विषयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मिडिया र इभेन्टको सकारात्मक सोच राख्न जरुरी छ, विभिन्न इभेन्ट्ले नकारात्मक प्रभाव पारेकोले सत्य तथ्य समाचार सम्प्रेषण गरि राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो, सहि र गलतको निस्वार्थ भावनाले छुट्याउन पनि नेतृत्व संस्था कार्यक्रम अध्यक्ष सुरेन्द्र चलाउनेले आग्रह गरेका थिए ।
पुरस्कार स्वरुप विजयतालाई नगद भन्दा पनि मुल्यवान वस्तु सुन जडान भएको क्राउन दिने आयोजकले जनाएको हो । बिजेताले एउटा भिडियो खेल्ने, आफ्नै शब्द आफ्नै लय, आफ्नै सिर्जनामा भिडियो निकाल्ने र त्यसको सबै व्यवस्थापन इभेन्ट कम्पनीले हर्ने समेत नेतृत्व संस्थाका अध्यक्ष चलाउनेले बताउनुभयो ।
उक्त पहिलो चरणको अडिसन आज स्वस्तिक कटेज नेपालगन्जमा १० बजेबाट सुरु हुनेछ भने दोस्रो चरणको चैत ६ गते हुनेछ । छुटन गएका प्रतिस्पर्धीले अन्लाईन फारम भरेर वा संस्था मार्फत प्राप्त गर्न सकिने आयोजक जनाएको छ । छुटेकालाई दोश्रो चरणमा हुने अडिसन मार्फत छनोट गर्ने अध्यक्ष चलाउनेले बताउनु भएको थियो ।
सुरेन्द्र चलाउनेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा मिस नेपालगन्ज २०१५ बिजेता सुमन थापा, नेपालगन्ज टेलेन्ड हण्डका सल्लाहकार प्रमोद डि.जे, प्रेस युनियन बाँकेका सचीव बिजय मल्ल पत्रकार महाँसघका बाँके शाखा कार्यसमिति सदस्य भगतराम थारु, नाईल खबरका अध्यक्ष अजय पाठक, समयपत्रका सम्पादक भिस्मा लोध, लगायतका विभिन्न मिडियाका संचारकर्मीको उपस्थितिमा सम्मेलन गरिएको थियो ।











