पुजा बैश्य / नेपालगन्ज ,
बागेश्वरी मन्दिरमा महा दिपोत्सव पहिलो पटक नेपालगंज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ ।
आउने कार्तिक १६ गते मंगलबार सो क्लबले
धनवन्तरी जयन्ती ( धन्तेरस ) को दिन बागेश्वरी मन्दिरमा भगवान र माताको फोटो राखेर पुजा गरी उत्सवको प्रारम्भ गर्ने छन । तिहारको शुभ अवसरमा जय सियाराम युवा क्लबले बागेश्वरी मन्दिरमा ११ हजार दियो बाली महादिपोत्सव मनाउने छन् ।
बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रशिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ।
उक्त पर्वको तयारी जोडतोडका साथ भईरहेको जय सियाराम युवा क्लबका अध्यक्ष सुशील शाहुले जानकारी दिएका हुन् । महाद्वीप उत्सवमा ११ हजार दियो बाल्ने कार्यक्रम मध्येपश्चिमाञ्चलकै हिन्दुधर्मलम्बी पहिलो भब्य कार्यक्रम बनाउने तैयारी गरिरहेको अध्यक्षले जनाएका छन् । हिन्दु सनातन धर्मका देवता रामले वनवास को अवधि समाप्त पछि अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ ।

यस सँगै कार्यक्रममा नेपालगञ्ज वासी एवं नगर जनप्रतिनिधिहरुलाई दीप बाल्न निम्ति निम्तियाउने उनले भने । अध्यक्ष शाहुले टोलवासी, नगरवासी, बुद्धिजीवी , लगायत त्यहाँका भल- भलादमी, महिला तथा बालबालिकाहरुको सक्रिय उपस्थिति हुन र सो कार्यक्रमलाई भव्य बनाउन निम्ति सहभागिता जनाउन अनुरोध समेत गरेका छन् ।
दीपावलीको अवसर पारेर राम भगवानको भब्य शोभा यात्रा समेत निकाल्ने जनाइएको छ । माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला जय सियाराम युवा क्लबद्वारा कार्तिक १५ गते सोमबार साँझ ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगर देखि सुरु गरी बजार क्षेत्र भरी परिक्रमा (घुमाउँदै) गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गर्ने छन् । राम भगवानको शोभायात्रामा ठुलो जनमानसको सहभागिता गराउने छन ।
त्यस्तै महादिपोत्सवकै दिन मध्यान्न १२ बजे देखि रामायणको सुन्दरकाण्ड पाठ पनि हुनेछ र उक्त पाठको समापन पश्चात साँझ ५ बजे देखि महादिपोत्सव ११ हजार दियो प्रज्वललन कार्यक्रम सुरु हुने क्लबका अध्यक्ष ले जनाएका छन् ।










