कर्मचारीकै मिलोमतोमा रजस्व मिलाउदै यातायात व्यवस्था कार्यालय नेपालगन्ज

0
264

नेपालगन्ज, । यातायात कार्यालय बाँकेले घुस लिएर सर्वसाधारणलाई दुख तथा राजस्व ठ्ग्दै आएको खुलेको छ । ५ हजार ९ सय मा हुने काम पनि ३ हजारमै गरिएको पाईएको छ । यो उक्त कार्यालयको लागि कुनै नौलो कुरा होईन यस सम्बन्धित अन्य पनि कयौं घट्नाहरु छन ।

बाँकेमा सेवाग्राहीहरुको लाईन तथा धेरै भिडभाड हुने कार्यालय भनेकै यातायात कार्यालय हो । जहाँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिन्छ ।

अनियमिततामा संलग्न कर्मचारीले बिनाकुनै संकोच खुलमखुला मनोमानी ढंगले घुस (सिस्टम् ) लिने गरेको स्रोतको दाबी छ।

लाइसेन्स,सवारीको नवीकरण देखि लाइसेन्स तथा रुट परिमिट लगायत अन्य काममा समेत भ्रष्टाचार हुँदै आएको बहिरिएको छ।

नाम नखोल्ने शर्तमा एक सवारीधनीका अनुसार २०७८ पुस २९ गते बिहिवार करिब ३ बजेको समय रुट परिमिट तथा जचाँ पास लिन गएका ब्यक्तिलाई प्रशासन तथा परिमिट फाटका प्रमुख एवं कर्मचारी काशी शर्माले राजस्व मिलाइ दिन्छु भन्दै इसारा गर्छन् ।

एक हजार पाँच सय सिस्टममा (धुस ) तिर्नुपर्छा
पाँच हजार नौ सय (५९००) तिर्नुपर्ने ठाँउमा तीन हजार (३०००) मा मिलाइ दिन्छु भन्दै सवारीधनी तयार हुन्छन र ३००० रजस्व तिर्छन् ।

रजस्व तिरे पछि रकम १५०० लिइ काम गरेको प्रमाण हामी संग सुरक्षित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here