वार्डबासीलाई पहिलो प्रथामिकतामा दिएर काम गर्ने छु :समीर प्रताप सिहं

0
186

१६ बैशाख, बाँके । आसन्न बैशाख ३० गते तय भएको स्थानिय तहकोे निर्वाचन स्थानिय तहमा प्रचारप्रसार तिब्र पारिएको छ ।

यस्तैमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका समिर प्रताप सिंहले मनोनयन दर्ता गराए संगै प्रचारप्रसार तिव्र पारेका छन ।

उनले मनोनयन दर्ता लगत्तै आफु निर्वाचित भएमा गर्ने बिकासको प्रतिबद्धता सार्वजनिक गरेका छन ।

उनले भने, ‘यदी म लगायतका उम्मेद्वारी दिएका टिम निर्वाचित भएर आयौं भने अबको पाँच वर्षमा हामीले जनताको स्वास्थ्य, शिक्षा र सरसफाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने छौं ।’

यस अघि पनि २०७४ मा भएको स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल पुरा गरिसकेका सिहंले थप भने, ‘मैले गएको पाँच वर्षमा काम गर्दै जाँदा वडावासीको साथ र सहयोग पाए, अहिले पनि उनीहरुले मलाई वडाध्यक्षको रुपमा हेर्न चाहेकोले दबाब दिुनुका साथै साथ र सहयोग गर्ने भने पछि उम्मेद्वारी दर्ता गरेको छु । अहिले म आफनो वडाबाट युवा पुस्ताको साथ बढी पाईरहेको छु ।’

वडावासीको स्वास्थ्य पहिलो प्राथमिक्ता राखेर अन्य क्षेत्रमा पनि बिकास गर्ने बताउदै उनले भने, ‘जनता नै स्वस्थ नभए वडाको बिकासको मात्र पनि केही औचित्य छैन ।’

यद्दापी वडामा स्वास्थ्य, सरसफाई, शिक्षा, खानेपानी, खेलकुद, बत्ती, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उनले प्रतिबद्धता जाहेर गरेका छन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here