१७ बैशाख, बाँके । आसन्न बैशाख ३० गते हुने भएको स्थानिय तहकोे निर्वाचनलाई मध्यनजर गर्दै स्थानिय तहमा प्रचारप्रसार तिब्र पारिएको छ ।
यस्तैमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका समिर प्रताप सिंहले मनोनयन दर्ता गराए संगै प्रचारप्रसार तिव्र पारेका छन ।
यस अघि पनि २०७४ मा भएको स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल पुरा गरिसकेका सिहंले मनोनयन दर्ता लगत्तै उनले आफु निर्वाचित भएमा गर्ने बिकासको प्रतिबद्धता सार्वजनिक गरेका छन ।

उनको समग्रमा प्रतिबद्धता यस प्रकारका छन
– वडा भित्र आवश्यकता अनुसार वातावरण तथा हरियाली प्रवर्द्धन र संरक्षण
– सरसफाई तथा फोहर व्यवस्थापनमा विशेष योजना तर्जुमा
– सार्वजनिक सम्पत्ति संरक्षण सम्बर्द्धन
– असहाय तथा गरिबलाई स्वास्थ्य, शिक्षा, विपद लगायतका क्षेत्रमा सहयोग गर्न सकिने कार्य योजना निर्माण
– गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि आदि योजना
– योजना निर्माणका लागि सहभागिता मूलक योजना तर्जुमा अनुसार समुदाय स्तरबाट प्राप्त योजनाका आधारमा नै बजेट विनियोजन गरिने छ । निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु अघि वडाका आम सर्वसाधारण वडाबासीको प्रत्यक्ष सुझाव संकलन गरिनेछ । वडाको वार्षिक वडा परिषदलाई स्थानीय सञ्चार माध्यमद्वारा प्रत्यक्ष प्रशारण गरिनेछ ।
– लागु औसषध नियन्त्रण सम्बन्धि विशेष कानुन र योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।
– वडा भित्र रहेका तेस्रो लिंगहरुको लागि वडाको बजेटबाट रकम विनियोजित गरि उनलाई समाजमा सशक्त र आत्मनिर्भर बनाउने कार्य योजना










