बैशाख १८ / नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा काँग्रेस उम्मेदवारले घरदैलो अभियानलाई तीब्र पारेका छन् । वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा, वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीले चुनावी अभियान तीब्र पारेका हुन् । घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएको प्रचारप्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ मा वडाअध्यक्ष पद्का उम्मेद्वर शर्माले पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको वडाअध्यक्ष पदका उम्मेद्वार शर्माले जनताको साथ सहयोगले वडाअध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।
अध्यक्ष पदमा मेरो टिम आयो भने स्वास्थ्य, शिक्षा र सरसफाइ पहिलो प्रथामिकतामा पर्ने उहाँले बताउनुभयो । वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाइ बिकास गर्न सकिन्छ । वडाको जनतानै स्वस्थ नभए वडाको बिकासले मात्रपनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।
वडाबासीका लागि म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु शर्माले भन्नुभयो ।

म आफ्नो स्वार्थ पुर्ति गर्न कहिले पनि जनताको प्रयोग गर्ने छैन मेरो स्वार्थ भनेकै मेरो वडावसीको सुखद भबिष्य हो उहाँले बताउनुभयो ।
सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान – वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।










