जेठ १४ / नेपालगन्ज – बाँकेको नेपालगञ्ज भन्सारबाट अवैध लागूऔषध सहित कोहलपुर निवासी पक्राउ परेका छन ।
नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-३ बस्ने २१ वर्षीय राजन शाहीलाई शुक्रबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बाँके प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ