६ असार, बाँके । बाँकेको डुडुवा गाँउपालिका कार्यपालिकाको बैठक बहिस्कार गरिएको छ । सोमबार दिउँसो ३ बजे बोलाईएको कार्यपालिका बैठकमा बहुमत पक्षको कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका छन ।
कार्यपालिकाको बैठकमा एजेण्डा नै अस्पष्ट भएपछि हस्ताक्षर बगैर बाहिरिएका डुडुवा गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य मोहन राम मिश्रले हालै सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात आएको परिणाममा पालिका प्रमुख नरेन्द्र कुमार चौधरीको बहुमत नआएपछि हाल सम्म पनि कार्यपालिका सदस्यहरु संग पालिका संचालन सम्बन्धि सल्लाह सुझाव नलिएरै एक्लौटी रुपमा पालिका संचालन गर्न खोजेको आरोप लगाउदै त्यस सम्बन्धि बैठक समेत नगरेको जानकारी दिए ।
यस अघि कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते बसेको थियो । उक्त बैठकमा गाँउपालिका ऐन, कानून, अन्तरिक गाँउपालिका संचालन ऐन के कस्तो ? रहेको विषयमा माग गरिएको थियो । जस पश्चात पालिका प्रमुखले तीन दिनमा उप्लब्ध गराउने बताएका सदस्य मिश्रले बताए ।
सो सन्र्दभमा सदस्य मिश्रले भने, ‘पहिलो बैठक बसेको १ हप्ता पछि आज बसेको दोस्रो बैठकमा पनि हामीले माग गरेको ऐन र कानूनहरु पुणर् रुपमा पाप्त गर्न सकेको अवस्था छैन । यो विषयमा प्रमुख समक्ष कुरा गर्न खोज्दा आफ्नो पावर देखाएर निणर्य पुस्तिकामा उपस्थिति पनि गर्न दिनुभएन ।’
आउँदो असार १० गते गाँउपालिकाको निती तथा कार्यक्रम पेश गर्नुपर्नेछ । असार मसान्त भित्र गाँउकार्यपालिकाको सभा गरेर कार्यक्रम र बजेट पास गर्नुपर्ने सन्र्दभमा सदस्य मिश्रले भने, ‘आजको बैठकमा पालिका प्रमुखले उपस्तिथि आफ्नै टेवलमा राख्नुभयो । त्यस पश्चात उहाँले आफ्नो एजेण्डा प्रस्तुत गर्नुभयो । यी एजेण्डामा यदि तपाँईहरु सहमत हुनुहुन्छ भने बैठक हुन्छ होइन भने आजको बैठक यहि समाप्त हुन्छ सुरुमै जानकारी गराए पनि हामीहरुले करिब दुई घण्टा सम्म छलफल गर्न खोज्दा पालिका प्रमुखले आफ्नो पावरको आडमा पुरानै रवैयामा आफु अनुकुलका एजेण्डा मात्र राख्न खोज्दा हामीहरुले बैठकबाट बाहिरीएका थियौं ।’
पालिका प्रमुखले बैठकमा विषयगत समितिका एजेण्डाहरु राख्न खोजेका थिए ।
कार्यपालिकाको श्रोत अनुसार यस अघि बसेको बैठकमा पालिका अन्तरगतका कर्मचारीको संख्या, पद सहितको विवरण लगायताका विषयमा सदस्यहरुले पालिका प्रमुख समक्ष माग गरेका थिए । तर उक्त विषयमा आजको बैठकमा पालिका प्रमुखले सम्बोधन नै नगरि आफु अनुकुलका एजेण्डालाई मात्र प्राथमिकता दिए पछि बैठक बहिस्कार गरिएको बुझिएको छ ।
यस्तै डुडुवा गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंक बहादुर थापाले भने, ‘हुन त गाँउपालिका प्रमुख चौधरीले हाम्रो फोन समेत रिसिभ गर्नुहुन्न । हामी वडाध्यक्ष भई सकेपछि पालिका प्रमुख संग सल्लाह सुझाव लिनुपर्दा हाम्रो फोन नै उठाउनु हुन्न । यो विषयमा पनि आजको बैठकमा कुरा उठाउदा पालिका प्रमुखले वडाध्यक्षको फोन उठाउनै पर्छ भन्ने छ र ? यो कुनै कानूनमा लेखेको छैन जस्ता जवाफ दिएका थिए । उहाँले राम्रो एजेण्डा ल्याएको खण्डमा हामीले कार्यनवयन गछौं र हामीले ल्याएको राम्रो एजेण्डा हजुले पनि कार्यनवयन गर्नुपर्छ भनेका थियौं । त्यस सन्र्दभमा पालिका प्रमुखले आफ्नो अहमता देखाउनुभयो । अन्त्यमा हामीले जनताका लागि पालिका प्रमुख समक्ष अनुरोध गर्ने हो त्यस बाहेक अन्य विक्लप पनि छैन । ऐन र कानून भन्दा बाहिर गएर हामी जानेछैनौं । हामीले हाम्रो अधिकार प्रयोग गर्ने हो ।’
कुनै पनि बैठक बस्न करिब तीन दिन अगावै परिपत्र गनुपर्ने प्रवधान छ । तर डुडुवामा भने यस्तो पालना नगरेको कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानीले गुनासो गरे । हामी कार्यपालिका सदस्यहरुको समर्थनमा केही एजेण्डा बनाएका थियौं । गाँउपालिका अन्तरगतका सबै कर्मचारीको विवरण र पालिकाको उपकरणको अवस्था सम्बन्धि एजेण्डा बनाएर परिचयत्मक कार्यक्रम राख्ने विषयमा समेत कुनै सुनुवाई नभएको सदस्य सल्मानीले बताए ।
गाँउपालिका प्रमुखले एक्लौटी रुपमा पालिकामा एजेण्डा प्रस्ताव गर्न खोजेको कार्यपालिका सदस्यहरुको आरोप छ । डुडुवा गाँउपालिकाको कार्यपालिकामा एमाले र जसपा गठबन्धनको बहुमत छ । पालिका प्रमुखको एजेण्डा एकातिर र कार्यपालिका सदस्यहरुको एजेण्डा एकातिर भए पछि जनप्रतिनिधिको समस्या बीच डुडुवावासीको भविष्य धरापमा परेको छ भन्ने विषयमा कुनै संका छैन ।