असार ८ / बाँके
बाँकेको नरैनापुरबाट लागूऔषध गाजा सहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलवार करिब ३ बजेर ५५ को समयमा जिल्ला बाँके नरैनापुर गाउपालिका वडा नं. ६ स्थित चौबिस बिगाह र दोन्द्रा गरी दुई स्थानमा प्रहरी निरीक्षक विर बहादुर सुनार सहितको २० जनाको प्रहरी टोलीले उक्त स्थानहरुमा रहेका अनिता मौर्या, चिम्मन अहिर र मङ्ते भन्ने रामदास मौर्या समेतका घरहरुमा रेड (छापा) हानि खान तलासी गर्दा घर र गहुँको भुस भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध गाँजा १८ बोरा १८५ किलोग्राम फेला पारी २ जना मानिसहरु सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

प्रहरी निरीक्षक विर बहादुर सुनार हाल अनुसन्धानमा ४ जना व्यक्तिहरु संलग्न रहेको खुल्न आएको छ । जसमा निम्न लिखित २ जना व्यक्तिहरु पक्राउ परेका र २ जना व्यक्तिहरु फरार रहेकोले खोजी कार्य जारी रहेको ।
पक्राउ पर्नेमा जि.बाँके नरैनापुर गा.पा.६ दोन्द्रा बस्ने ५० बर्षिय अनिता मौर्या ,ऐ.ऐ. बस्ने बर्ष ३१ को पारस मौर्यालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको हो ।