१९ कार्तिक, नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा दुई दिने आगलागी नियन्त्रण सम्वन्धि तालिम शुक्रवार एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगंज उपमहानगरपालिकासंगको समन्वयमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा नं. ३ र ७ का २९ जनाको सहभागितामा आधारभूत आगलागी जोखिम नियन्त्रण तालिम सम्पन्न भएको हो ।
उक्त तालिममा आगलागी हुने कारणहरु, घरायसी आगलागी नियन्त्रणका उपाय, शहरी क्षेत्रमा हुनसक्ने आगलागीका कारणहरु, आगलागी रोकथाममा सुमदायको भुमिका लगायका विषय तथा सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो ।
शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले सयोजन गरेको तालीममा शसस्त्र प्रहरी सहायक निरीक्षक थिर बहादुर विक, नेपालगंज उपमहानगरपालीका दमकल सेवाका प्रमुख जयन्द्र खड्का, रेडक्रसका प्रलाद विश्वकर्मा लगायतले सहजीकरण गर्नु भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न तालीममा नेपालगंज उपमहानगरपालिकाका विपद तथा बातावरण समितिका संयोजक समिर प्रताप सिह, रेडक्रस बाकेका उप निर्देशक दोलख डागी, रेडक्रस सदरलाईन उपशाखाका सभापति ओम प्रकाश आजाद लगायतको सहभागिता रहेको थियो ।