बाँसगढीमा विपद् तथा प्रकोप व्यवस्थापन कोष स्थापना

0
580

सुमन सनयासी

बर्दियाको बाँसगढी नगरपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले एन.आई.सी एसिया बैंकको बाँसगढी शाखामा विपद् तथा प्रकोप व्यवस्थापन कोषको खाता समेत खोलेको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र सरकारले घोषणा गरेको लकडाउनका कारण साँझ विहानको छाक टार्न समस्या भएका गरिव तथा अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउने उदेश्यका साथ नगरपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोष खडा गरेको हो ।नगरपालिकाको १० लाख रकमबाट सुरु भएको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा हाल सम्म विभिन्न संघ संस्थाहरुबाट १ लाख ११ हजार नगद रकम प्राप्त गरी ११ लाख ११ हजार बढी रकम जम्मा भएको बाँसगढी नगरपालिकाका सुचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।उनका अनुसार हाल सम्म भैरव कन्ट्राक्सन प्रा.लि बाँसगढी ५ बर्दियाबाट नगद ५० हजार, नेशनल प्याब्सन बर्दिया पुर्वि कलस्टर बाँसगढीबाट २५ हजार, बाँसगढी पिपलबोट तथा ऋण सहकारी संस्था लि. बाँसगढीद्धारा नगद २१ हजार रकम सहयोग प्राप्त भएको छ । कोषमा बेलटाडी युवा क्लव लक्ष्मणपुर बाँसगढीबाट नगद १० हजार र बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बाँसगढीबाट ५ हजार रकम सहयोग प्राप्त भएको बाँसगढी नगरपालिकाले जनाएको छ ।

.त्यस्तै एन.आई.सी एसिया बैंक बाँसगढी शाखाले विपद्को बेला ५० घर परिवारलाई पुग्ने प्याकेजमा राहत सामाग्री उपलब्ध गराएको छ । दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नगर क्षेत्रमा रहेका अति विपन्न र गरिब परिवारलाई लकडाउनमा खाद्यन्न संकटकको वेला केही राहत होस भन्ने उदेश्यले १ लाख बराबरको ५० घर परिवारलाई पुग्ने प्याकेजमा राहत सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।एन.आई.सी एसिया बैंक बाँसगढी शाखा प्रमुख ज्ञानेन्द्र कुमार जैसवालले बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले २५ किलोको ५० बोरा चालम, १ कुईन्टल दाल, ५० किलो नुन, ५० लिटर खाने तेल, १ सय वटा साबुन नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।त्यस्तै आईतबार बाँसगढी ६ मा ३४ परिवारलाई राहत वितरण गरिएको छ । वडामा अति विपन्न तथा गरिव परिवारको पहिचान गरी ३४ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाले प्रति परिवार २५ किलो चालम, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल र २ वटा सावुन वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here