शिवम गुप्ता -नेपालगञ्ज २७ चैत्र । नेपालगञ्ज उप महानगरपालिका वडा नं. ६, फुल्टेक्रा आज पहिलो चरणमा राम नगर बस्तीका अति विपन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने १५० व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको छ । नोभेल कोरोना भाइरसको संक्रमित नेपालमा भेटिएसँगै सरकारले गरेको लकडाउनको कारण ज्यालामज्जदुरी गरी खाने परिवारमा समस्या उत्पन्न भएपछि आज वडा कार्यालयले नगरकार्यपालिकाको निर्णय अनुसार चामल १५ केजी, दाल १ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन सहितको राहत प्याकेज वितरण गरिएको हो । साथै एस.के डेरीले १ प्याकेट दुध , श्रद्धा इटा उद्योगको प्रो. सुधीर प्र.सिंहले मस्क आफ्नो बग्तिगत लगानीमा बडेको छ। नेपालमा नै अति विभिन्न बस्तीहरुको रुपमा परिचित रामनगर बस्तीका अति विपिन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने समस्यामा रहेका परिवारलाई ६ नं. वडा अध्यक्ष समीर प्रताप सिंह , सचिव प्रकाश पन्थि, सदस्य सुरेश सुनर , दिपक श्रेष्ठ , सब्त्री शर्मा ,मुन्नि कोरि,एकता युवा क्लबका सदस्यीय राम बाबु वैश्य , वडा सचिव प्रकश पन्थीले जानकारी दिनुभएको छ । वडा कार्यालयले राहत वितरण कार्यमा सामाजिक दुरीको पुर्णरुपमा व्यवस्थापन गरिएको थियो । राहत बुझन आएका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्नका लागि २÷२ मिटरको दुरीमा घेरा बनाइएको थियो भने वितरण स्थलमा हात धुने व्यवस्था समेत गरिएको थियो । वितरण कार्यमा नेपालगञ्ज वडा प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनमा सहयोग गरेको थियो । वडामा भएको राहत वितरणले परिवारमा खाद्यान्नको समस्या समाधान भएकोमा राहत प्राप्त गरेका व्यक्तिहरुले धन्यवाद व्यक्त गरिरहेका थिए ।














