व्यापारीले लकडाउमा गर्नखाद्य लगायत सुर्तिजन्य पदार्थमा कालोबजारी

0
501

बाँके सम्बादाता चैत २८

नेपालगन्जमा लकडाउनको मौका छोपी व्यापारीले कालोबजारी गर्न थालेका छन् । अति आवश्यक दैनिक उपभोग्य वस्तु विक्री वितरणमा छुट दिएको स्थानिय सरकारले सोही दैनिक उपभोग्य वस्तुमा व्यापारीले कालोबजारीको धन्दा शुरु गरेका छन् ।

अति आवश्यक पसल बाहेकका अन्य पसलहरु अहिले बन्द छन । खाद्य पदार्थहरु दाल, चिनी, पिठो लगायतका बस्तुहरुमा पनि मूल्य बढेको उपभोक्ताहरुले बताएका छन । दैनिक उपभोग्य सामग्री चामल, दालमा समेत ब्यापारीहरुले आफुखुसी मुल्य बढाएको एक उपभोक्ताको गुनासो छ ।
‌अत्यसैगरी, सुर्तिजन्य बस्तुहरु सुपरपावर, कमलापसन्द, मेघाश्री, शुद्वप्लस लगायतमा मूल्य बढाएको भुक्तभोगीहरुले बताएका छन । यसअघि २ वटा मेघाश्रीलाई १० रुपौयाँ लिने गरेकोमा त्यसको मुल्य बढाएर १५ पुर्याईएको एक उपभोक्ताले बताए । कमलापसन्द र सुपरपावर सुर्ती १० रुपैयाँमा एउटा बिक्रि गर्दै आइरहेका व्यापारीले अहिले १५ रुपैयाँको एउटा बिक्रि गरिरहेको उनको भनाइ छ ।

सरोकारवाला निकायले बजार अनुगमन गरीरहेको बताईरहेपनि नेपालगन्जमा बढ्दै गएको कालोबजारीले उपभोक्ताहरु मर्कामा परेका छन । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिनछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here