शिवम गुप्ता,बाँके

चैत २८ डुडुवा गाउँपालिका वडा नं.–६ हिरमिनियामा
नेपाल सरकारले लागु गरेको लकडाउनको चपेटामा परेका संक्रमणको जोखिम बटा बचाउन को लागी बिदेशबाट आएका सबै नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने काम पनि निरन्तर भइरहेको छ ।



क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाना बस्न सुरक्षित बसाई तथा सरसफाई स्वास्थ्य जाँच लगायतको ब्यबस्था गरनु पर्दछ । तर बाँकेको डुडुवा गाउँपालिका वडा नं.–६ हिरमिनियामा निर्माण गरिएको क्वारेन्टाइन नाम मात्रको रहेको पाइएको छ ।
देश नै कोरोनाको जोखिमसंग लड्न बिभिन्न तयारी गरिरहेको पाइएको भएपनि डुडुवामा भने कुनै तयारी गरिएको देखिँदैन । यहाँ निर्माण गरिएको क्वोन्टाईनमा तयारी गरिएको कुरा देख्न पाइदैन । सबै ठाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा उचित व्यवस्थापन गरिएको पाइन्छ र राम्रो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको पनि छ ।
डुडुवा गाउँपालिका वडा नं.–६ यस वडामा बनाइएको क्वारेन्टाइन फोहोर र सो हालको कोठामा झ्यालमा जाली न रहेको कारणले गर्दा लाम्खुट्टे भरिएको छ । यहा वडा कार्यालयले बिभिन्न प्रकारको कार्यक्रम र बैठकहरु गर्ने सभाहललाई क्वारेन्टाइनका लागि निर्माण गरिएको छ । सो क्वारेन्टाइनमा १२ जनालाई राखिएको छ ।
हाल ठुलो छ तर पंखा ६ को ठाउमा तिन वटा मात्र छ ।
कोरोनाको महामारी नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुले बिशेष स्वास्थ्य सावधानी अपनाउने भएपनि यहाँ हात धुनका लागि एउटामात्र साबुन व्यवस्थापन भएको छ। क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नरहेको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन् ।
त्यस्तै क्वारेन्टाइन किन व्यवस्थित हुन सकेन भनेर एक्स्प्रेस सिटी न्युज .कम संवाददाता जन मोम्हद जरगर ले जानकारी लिँदा वडा अध्यक्ष मोहनराम मिश्रले गाउँपाालिकाले सम्बन्धित वडामा क्वारेन्टाइन निर्माण गर्दा वडा कार्यालयसंग समन्वय सहकार्य तथा स्थानीयहरुको नेतृत्व रहनेगरी हुनुपर्नेमा समन्वय नगरेरै आफुखुसी गरिरहेको जानकारी दिनुभयो ।
गाउँपालिकाका नगर प्रमुखले आफ्नो तरिकाबाट आफ्ना नजिकका व्यक्तिहरुसंग गराइरहेकाले व्यवस्थित क्वारेन्टाइन निर्माण नभएको बताउनुभयो । उता स्वास्थ्य चौकी प्रमुख भिम बहादुर बिकले हतार हतारमा क्वारेन्टाइन निर्माण गर्दा कमजोरी भएको प्रतिक्रिया दिनुभयो र जानकारी दिनु भएको छ आब बिस्तारै यो कुरा गाउँपालिकाका नगर प्रमुखलाई सबै कुर बेवस्थित गराउने भान्ने जानकारी गराउनु भएको छ ।
सम्मबान्धित निकय को ध्यानाकर्षण होस ।










