श्रावण २ बाँके / अभिनब गुप्ता –
आज शुक्रबार दिउँसो करीब १५:४५ बजे को समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका स्तिथ गोलपार्कमा एल.बि गेष्ट हाउसमा लागूऔषध को कारोबार भइरहेको विशेष सूचना को आधारमा उक्त गेस्टहाउसमा खोज तलस गर्द कोठामा बसेका भविलाल पुनलाई ४ किलो १७४ ग्राम अफिमसहित पक्राउ गरिएको छ।लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिनुभएको छ ।
उनीबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज का प्रमुखले बाकी कुरा अनुसन्धान पछि बताउने जानकारी दिनु भएको छ ।










