श्रावण ३ बाँके -शिवम गुप्ता /जान मो जरगर-
शनिबार नेपालगन्ज उप-माहानगरपालिका गणेशमन चोक स्तिथ लागु औषध पारमर्स केन्द्र नेपालगन्ज बाँकेको प्राङगणमा रक्तदान कार्यक्रम गरिएको छ।
समुदायक प्रहरी सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा बाँके जिल्लाको प्रमुख अधिकारी राम बहादुर कुरुम्वङ रा जिल्ला प्रहरी कर्यालयका प्रमुख ओम बहादुर राना ज्यु को उपस्थितिमा सम्पन्न भयो।

रक्तदानको कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १०१ जनाले रक्तदान गरेका छन् । बाँकेका प्रमुख प्रहरी उपरीक्षक रानाले प्रहरी हरदम जनताको सुरक्षा र सेवामै तल्लिन रहेको बताए ।
कुनै प्रकारको बिरामीहरुको जीवन बचाउने उद्देश्यले कोरोनाको महामरिबीच रगतको अभाव न हुनदिने प्रहरीले यो रक्तदान कार्यक्रम आज बेवास्ताका साथ समापन गरिएको छ ।
