श्रावण १३ बाँके / शिवम गुप्ता –
कोविड-१९ रोकथाम तथा न्यूनिकारण गर्न क्रममा नेपाल सरकारले सिमा छेत्र लाई पुर्णरुपले नाकाबन्दी गरे पनि तस्करहरु चुकेका छैनन् ।
सोमबार बाँकेको डुडुवा गाउँपालिकामा राती अवैध ३ बोरा सुपर पावर सुर्ती सहित त्यहाँस्थित गाउँपालिका वडा नम्बर २ बेतहनी बस्ने सियाराम केवटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएका टोलीले चेकजाँच गर्ने क्रममा सोमबार राती १० बजे डुडुवा गाउँपालिका स्तिथ वडा नम्बर-२ अमृतपुर्वाबाट सुर्तीसहित केवटलाई नियन्त्रणमा लिएको सूचना आधिकारि एवं प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।
पक्राउ परेका केवटले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी १८ हजार बराबर अवैध सुर्ती समेत साईकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ ।










