श्रावण १४ बाँके -शिवम गुप्ता / जान मो जरगर –
कोविड-१९ रोकथाम तथा न्यूनिकारण गर्न क्रममा आज बुधबार बाँके प्रहरी द्वारा जन चेतना मुलक अभियान सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा आज साँझ धम्बोझी देखि बि.पि.चौक हुन्दै सेतु बिका चौक सम्म सडक मा पैदल यात्रा गर्दै मस्क वितरण कार्यक्रम गरेको छन।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङ नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमवहादुर राना ,वार्ड प्रहरी कार्यालयका प्रमुख हरि बस्नेत , नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य बिन्दु चर्ती मगर ,पत्रकार माहासंघका अध्यक्ष ठाकुर सिंह थारु र अन्य वरिष्ठ पत्रकार मित्रहरू को उपस्थितिमा सर्बसाधारणलाई मास्क वितरण गरिएको छ ।
उहाहरुले मास्कको नियमित प्रयोग गर्न आग्रह गर्नुभयो । पछिल्लो समय बाँकेमा प्रहरीले केही दिनअघिदेखि नै अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।











