श्रावण २२ बाँके / शिवम गुप्ता -जान मो. जरगर —
समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढदै गएकोले बाँकेमा निशेधाज्ञा शनिबार राती १२ बजेसम्मलाई थप भएपनि निशेधाज्ञामा धेरै लापरवाही देख्खिएको छ।
हाल भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षण गर्दा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालगन्जमा अहिले तिब्र रूपमा कोरोना बढदै गएपछि त्रासको बाताबरण बन्दै गएको छ भने
संक्रमितहरुको अन्य विवरण सार्वजनिक गरिएको छैन । समाजमा त्रास सृजना हुने भएकाले विवरण सार्वजनिक नगरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।










