यातायात र ट्राफिक प्रहरी द्वारा चेकजाँचमा तिब्रता

0
660

अशोज ५ बाँके /– जान मो जरगर

यातायात व्यवस्था कार्यालय बाँके र अस्थायी ट्राफिक प्रहरी पाेष्ट बसपार्ककाे संयुक्त टाेलिले लामाे दुरी र लाेकल यात्रुबाहक सवारी साधनहरूकाे अनुगमन तथा चेक जाँच गरेकाे छ ।

लामो छोटो दुरी यातायात सुचारु लगत्तै गाडीका स्टाफहरूले स्यानीटाइजर, मास्क पन्जा भाइजर लाए नलाएकाे कुराहरु आज चेक गर्दै ट्राफिक प्रहरी सहित यातायात व्यवस्था कार्यालय बाँकेका टोलि

यात्रुहरूले मास्क लाए नलाएकाे, गाडीमा स्यानिटाईजरकाे व्यवस्था भए नभएकाे, ताेकिएकाे भन्दा बढी भाडा लिए नलिएकाे, सिट क्षमताकाे ५० प्रतिशत भन्दा बढी यात्रु राखे नराखेकाे लगायतका विषयमा चेकजाच गरिएकाे थियाे ।

चेकजाच गर्ने क्रममा ४० वटा गाडी चेकजाच गर्दा प्राय सबै गाडिहरूले सरकारले ताेकेबमाेजिम काेराेना राेकथामका लागि व्यवस्था नगरेकाे पाईयाे ।

अधिकृत छैठाै मधुकर जंग शाह यातायात व्यवस्था कार्यालय नेपालगंज बाँके र प्रनानि सिद्धिगणेश शाह अस्थायी ट्राफिक प्रहरी पाेष्ट बसपार्ककाे संयुक्त टाेलिले।यसरी व्यवस्था नगरेका गाडी हरूलाई न्युनतम जरीवाना गरि सम्झाई बुझाई अब उपरान्त नियम पालना गर्ने शर्तमा छाेडिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here