सेवग्राहिलाई टोकनको स्मार्ट सेवा प्रदान गर्दै निमित्त कार्यालय प्रमुख खत्री

0
666

असोज २० बाँके / अभिनब गुप्ता – यातायात व्यवस्था कार्यालय नेपालगन्जमा रहेको इन्भेस्टमेन्ट बैंक शाखाको काम काजलाई प्रभावकारी र सहज सेवा दिनको लागि गर्ने लक्ष्य अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्जले कार्यालय परिसरमा बिहीबारदेखि टोकन मेशिन द्वारा सेवा प्रदान गरिएको छ । इन्भेस्टमेन्ट बैंक को सहयोगमा कार्यालयले बिहीबारदेखि उक्त मेशिन जडान गरि प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिनु भएको छ ।

निमित्त कार्यालय प्रमुख खत्री अनुशार टोकन दिने समय १०:०० बजे देखि सुचारु भए पनि यातायातका लोकल लेखनदारले लाइनमा बसि बैंकको टोकन लि आम जनतालाई सास्ती भोगी राख्नु परेको अहिले पनि देखिएको छ टोकन सुरुवात हुने साथ खतम भन्नेकुरा एक जना सेवाग्राहिले हामीलाई सारै गारो हुने रहेको छ को कुरा जनकारी दिनु भएको छ ।

यातायात व्यवस्था कार्यालयमा रहेको इनभेशमेन्ट बैंकको शाखाका कर्मचारी मनजिल बिक्रम शाहले जानकारी दिनु भएको छ यातायात व्यवस्था कार्यालयमा हाम्रो इनभेशमेन्ट बैंकको शाखा बिहिवार देखि टोकन दिने व्यवस्था सुरु गरेको भन्ने कुरा जानकारी दिनु भएको छ र त्यस पछि सेवाग्राहि सोहि ठाँउमा रहेको जानकारी १०:०० बजे सुचारु हुने बितिकै खतम भन्ने कुरा सेवग्रहिले प्रतेक्ष जानकारी दिनु भएको छ ।

बैंक शाखा का कर्मचारी अनुसार टोकन मेशिन सुचारुहुने लगत्तै सेवाग्राहीले कामका लागि पालो कुरिरहनु पर्ने छैन सहज सेवा दिने छौ भन्ने कुरा जानकारी दिनु भएको छ ।

यातायातमा रहेको बैंक शाखाको भनाइ अनुशार दैनिक आएको सेवाग्राहीलाई ‘ २ सय ५० जना टोकन सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना रहेको जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here