असोज/२२ बाँके अभिनब गुप्ता
बिशेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जले न्युरोड स्थित छापा हानेकोछ । भर्खरै आएका नबनियुक्त वडा प्रहरी प्रमुख डिल्लीबहादुर खड्काले प्रहरी परिचालन गरि न्युरोड नेपालगन्जमा रहेको एक होटेलमा छापा हान्दा अनैतिक कार्यमा संलग्न युवायुवती पक्राउ परेका छन पक्राउ पर्नेमा २ जना होटल संचालक समेत रहेका छन ।
सूचना आए लगत्तै होटल सञ्चालिकासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिनु भएको छ । कोरोना भाइरसले दिनहु संक्रमण बढी रहेको बेला नेपालगन्ज न्यूरोडका होटल संचालकहरु अनैतिक, असोभनिय कार्य भइरहेको खबर आए लगत्तै प्रहरीले छापा हान्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ जना होटेल संचालकलाई प्रहरीले हिरासतमा लिएको छ ।
वडा प्रहरी कार्यालय प्रमुख अनुसार पक्राउ पर्ने युवतीहरु १७ वर्षदेखि ३० वर्षका ७ जना तथा २१ वर्षदेखि ३४ वर्षका ५ जना युवालाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।
नेपालगन्ज न्यूरोडमा लामो समयदेखि पटकपटक जनगुनासो आए देखी उक्त होटलमा अनैतिक कार्य भइरहेको भन्ने कुरा को आज सूचना आए लगत्तै प्रहरी खटाई अनदाजी ८ बजेको समय पक्राउ गर्ने सफल रहेको कुरा वडा प्रहरी प्रमुख खड्काले जानकारी दिनु भएको छ र साथैमा आब कुनै प्रकारको यस्ता अनैतिक कार्य गरेको पाएमा ठाँउका ठाँउ प्रहरी पठाइ नियेंत्रणमा लि कार्वाही गर्नेछु ।
।