असोज २६ बाँके शिवम गुप्ता –
चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको बाँके प्रहरीले मोटरसाइकल गस्ति सुरु गरेको छ ।
चाडपर्वमा धेरै जस्तो चोरी, लुटपाट र जुवातास , झैझगडाका घटना बढी हुने भएकाले त्यसको नियन्त्रणका लागि मोटरसाइकल गस्ति सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिनुभयो छ ।
प्रहरी उपरीक्षक राना अनुसार, मोटरसाइकल गस्तिले चौविसै घण्टा तयारी अवस्थामा रहने छ र घटनास्थलमा तत्काल रेसपोन्स गर्न सहज होस् भनेर मोटरसाइकल गस्ति सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका १४ र जिल्ला प्रहरी कार्यालय मातहत रहेका युनिटका १६ गरी ३० वटा मोटरसाइकलमा गस्ति गर्ने गरी मोटरसाइकल गस्ति आज बाट सुरु गरिएको उपरीक्षक रानाले बताउनुभयोको छ ।











