पुष १ नेपालगन्ज / शिवम गुप्ता —
आठ दर्जन भन्दा बढी नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवेश गरेका छन् । विभिन्न पार्टीका नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको वार्ड कार्यालय समिति धमबोजि वार्ड न.१ मंगलबार पार्टीकोवडा अध्यक्ष दिल बहादुर खत्रि को आयोजनामा आयोजित पार्टी प्रवेश समारोहमा उक्त पार्टीअध्यक्ष नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सैयो को संख्यामा विभिन्न पार्टीका कर्याकर्ता हरु पार्टी परित्याग गरि आजैको दिन रा प्र पा पार्टीमा प्रवेश गरेका छन।
नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय खत्री र पार्टी प्रमुख राणाले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रमुख डा.ध्वल शमशेर राणा जिल्ला अध्यक्ष नरेन्द्र राज पैाडेल, केन्द्रिय सदस्य , सलाहु दिन जसगड,ओम प्रकश अजाद, गैरब चन्द , पबित्र सुब्बा र महिला संगठनकि अध्यक्ष इन्द्र शाही ठकुरी ,युवाक संगठनका अध्यक्ष हुकुम के सि , क्षेत्रिए अध्यक्ष दीपु सिंह रा पार्टीका विभिन्न सदस्यीय लगायतको उपस्थिति रहेको थियो ।

















