यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन मिल्ने

0
423

माघ १० / शिवम गुप्ता- बाँके

आजा शुक्रबार देखि चलाक अनुमतिपत्र को अन्लाईन आवेदनमा कोटा सिस्टम् हट्ने भएको छ। यातायात व्यवस्था विभागले बिहिवार एक सूचना जारी गर्दै असिमित अन्लाईन आवेदन भर्ना मिल्ने जनाएको हो।

अन्लाईन आवेदन फाराम भरेका सेवा ग्रहिले तोकिएको मितिमा फोटो खिचौना कार्यालय पुग्नुपर्ने र सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।  
दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here