२०७८ जेष्ठ ५ / नेपालगन्ज बाँके ✍️शिवम गुप्ता
बाँके प्रहरीमा कारोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितहरुको उपचारका लागि नेपालगन्जमा पुनः१० बेड क्षमता भएको आईसोलेसन निर्माण गरिएको छ।
कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि प्रहरीले निर्वाह गरेको यो भुमिका सारै नइ श्रहानिए रहेको छ।
नेपालगंज उप-महानगरपालिका वडा नं १० मा रहेको नि:शुल्क लागू औषध परामर्श केन्द्रको भवनमा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको सहयोग र सहकार्यमा उक्त अस्पतालबाट स्वाश्थ्यकर्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आईसोलेसन सेन्टर स्थापना गरिएको हो ।
अहिले सम्म को जम्मा संख्या ४० जस्मा ३१ जना डिस्चार्ज भइ सकेको र ७ जना होम आईसोलेस्न मा रहेको कुरा बाँके प्रहरीको प्रमुख ओम रानाले जानकारी दिनु भएको छ ।










