भेरी अस्पतालका चिकित्सक र नर्स माथी कुटपिट गर्ने तीनजना विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता

0
635

२०७८ जेष्ठ १४ / नेपालगन्ज

नेपालगन्ज स्तिथ भेरीअञ्चल अस्पतालमा कोरोन संक्रमणको उपचार क्रममा बिहिवार साँझ दाङ तुल्सिपुरका ५२ वर्षका डिल्ली राज रावतका मृत्यु भएको थियो । उक्त मृत्यु अस्पतालको लापरवाहीका कारण भएको भन्दै मृत्युका परिवारले डिउटिमा रहेको स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कुटपिट गरेका थिए ।

कोरोना महामारीको यो जटिल अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।

कुटपिट घटना सर्वजनिक भए लगत्तै भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सक आज शुक्रबार मुल नारा को सथ ( नो सिक्युरिटी नो वोर्क ) आन्दोलनमा उत्रिएका थिए ।

उक्त आन्दोलन लाई ध्यानमा रख्दै डिल्ली राज रावतका परिवार मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ।

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सक माथि भएको कुटपिट र अस्पताल तोडफोड गर्ने दोषी माथी कडा कानुनी कारबाही हुने बाँकेका एसपी ओम रानाले जानकारी दिनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here