लागु औषधमा फरार रहेको अभियुक्त पक्राउ

0
1157

२०७८ जेष्ठ १४/ नेपालगन्ज

करिब नौ महिना देखि फरार रहेका मन्सुर शेष हिजो बिहिवार अन्दाजी ३:१५ को समयमा विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।

मिति २०७७।०५।०२ गते ५ सिसि कोरेक्स सहित राजु जसगढ पक्राउ परेको थियो पक्राउ पछि अनुसन्धान गर्ने क्रम्मा राजु जसगढले वयानमा पोलेको थियो म सहित मन्सुर शेष भन्ने ईमरान शेष पनि रहेको छ ।

बिगत लामो समय देखी प्रहरीको फरार सुचीमा रहेको मन्सुर शेष भन्ने ईमरान शेषलाई पक्राउ गर्न मिति २०७८।०२।१३ मा जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष प्रहरी टोलिले पक्राउ गरेको छ ।

श्रोत अनुसार हाल जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.२३ भज्जीपुर्वा वस्ने वर्ष ४२ को मन्सुर शेष भन्ने ईमरान शेष घर वतनमा लुकीछिपी रहेको थियो र उस्को पहिलको बसाई बाँके जानकी गा.पा. वडा नं.५ मा घर रहेको कुरा खुल्ना आएको छ ।

चालु आ.ब.को हाल सम्म बाँके प्रहरीले अदालत बाट कैद तथा जरिवाना भई फरार रहेका तथा प्रहरी कार्यालयमा मुद्दा दर्ता भई फरार रहेका कुल पाँच सय ८५ जना अभियुक्तहरु लाई पक्राउ गरि आवश्यक कारबाही गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here