नेपालगन्ज मुस्लिम समाजद्वारा १५० घरलाई राहत वितरण

0
444

२०७८ जेष्ठ १५ /नेपालगन्ज
नेपालगन्ज मुस्लिम समाजद्वारा १५० घरपरिवारको गरिब असाहय पीडितहरुलाई राहत वितरण गरि सहयोग गरिएको छ । कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग गरिएको छ । खाद्यान्न सामाग्रीमा १०केजी चावल , ५ के जी पीठो , १ किलो चिनी, १ किलो दाल ,१ किलो नुन , १ लिटर खाने तेल र १ पैकेट सोयाबीन सहयोग स्वरूप बाँडिएको थियो । उक्त राहत सामग्री दोस्रो चरणमा नेपालगंजका १५० घरपरिवारलाई वितरण गरिएको नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनु भयो । उहाँको अनुसार यो दोस्रो चरणको राहत वितरण कार्य हो ।

त्यस्तै राहत वितरण कार्यमा खटिएको संस्थाका सचीव मेराज अहमद हिमालयले भन्नू हुन्छ यो कोरोना कहरका कारण कामकाज गर्न नपाएको नागरिकहरुको घरमा समस्या हुन सक्ने भएकोले खाद्यान्न सहयोग गरि समाज सेवा गरेको छौँ । उहाँले आउने दिनमा समेत यसरी नै सहयोग अरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । हिमालका अनुसार समाजमा भएको जुनसुकै समुदायको पीडित, गरीब, ज्यामी असहायहरुले सहयोगको लागि हामी सम्पर्क गर्न सक्नु हुन्छ ।

उक्त राहत वितरण कार्यमा अध्यक्ष अब्दुल हाकिम हल्वाई बरिस्ठउपाध्यक्ष मुन्ना मंसूरी उपाध्यक्ष फिरोज हल्वाई कोषअध्यक्ष मो सलीम हल्वाई ( बाबू नेता ) सचिव मेराज हिमाल महासचिव जियाउल हक बरिस्ठ सल्लाहकार हाजी रज्जाब अन्सारी सल्लाहकार सकिल जसगढ सल्लाहकार फर्जन हल्वाई र सदस्य सारिक सल्मानी सदस्य वाहिद हल्वाई सदस्य मो राहिस हल्वाई अन्य सहयोगीहरुको उपस्थिति रहेको जानकारी मुस्लिम समाज का कोषअध्यक्ष मो सलीम हल्वाई बाबू नेताले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here