२०७८ जेष्ठ २३ / नेपालगन्ज
लागु औषध १२ ग्राम ब्राउन सुगर सहित नेपालगन्जमा चार जना पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय बाँकेका आनुसार पसल संचालक सहित ३ जना नेपालगन्ज न्यूरोड बाट पक्राउ परेका हुन।
जेष्ठ २१ गते अन्दाजी ३:३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.०२ न्युरोड स्थित सन्ध्या नास्ता पसलबाट १२ ग्राम ब्राउन सुगर सहित जिल्ला बाँके खजुरा गाउँ पालिकाकि ८ बस्ने ३३ वर्षकी बिबा शाही, ऐ.ऐ.४ बस्ने ३० वर्षकी गंगा खड्का, नेपालगंज उ.म.न.पा.९ बस्ने ३५ वर्षका राजेश खटिक र जिल्ला बर्दिया राजापुर न.पा.वडा नं. ४ बस्ने २१ वर्षकी पुजा परियारलाई पक्राउ परेका लागू औषध नियन्त्रण ब्युरो नेपालगंजले जनाएको छ।

अबैध लागू औषधको कारोबार भैरहेको छ भन्ने विशेष सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त स्थानमा गई खानतलासि गर्दा निम्न स्थान बस्ने निम्न ३ जना महिला र १ जना पुरुष जना ब्यक्तिहरुको साथबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु एक चालिस हजार पाँच सय रकम सहित फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत बाँकेबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको छ।











