मदन बाबा भक्ति केन्द्र बाँकेद्वारा स्वस्थ्य सामाग्री वितरण

0
583

२०७८ जेष्ठ १८ नेपालगन्ज ✍️शिवम गुप्ता-
श्री मदन बाबा भक्ति केन्द्र बाँकेले स्वस्थ्य सामाग्री  वितरण गरेका छन् ।

प्रहरी तथा प्रशासनले जोखिम मोलेर जनताको सेवामा दिनरात खटिरहेका बेला केहि भएपनि जोखिम कम गर्न उनीहरूलाई मास्क र सेनिटाइजर वितरण गरिएको सचीव गंगा न्यौपाने बताएकि छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला आधिकारि शिव राम गेलाल लाई २५ प्याकेट मास्क र २५ थान सेनि टाइजर हस्तान्तरण गरेका थिए । साथै उनीहरूले महिला प्रहरी सेल बाँके-१२/१२ मास्क सेनिटाइजर ,जिल्ला कारागार बाँके-१००/१०० मास्क र सेनिटाइजर, पत्रकार महासंघ बाँके-४०/४० मास्क सेनिटाइजर र अन्य आमन्त्रित अतिथि-१४/१४ मास्क/सेनिटाइजर समेत वितरण गरिएको थियोे ।

श्री मदन बाबा भक्ति केन्द्र बाँके शाखाद्वारा आयोजित कार्यक्रममा देश विषम परिस्थितिमा भएका बेला प्रहरीले जनतालाई दिएको सेवा अमुल्य रहेको भन्दा आभार समेत ब्यक्त गरेका थिए।

कार्यक्रम संयोजन गंगा न्यौपाने आनुसर  त्रिभुवन मा.वि.कोहलपुरका २०५१ सालका स्कुले साथी समुहका निम्न मनकारी सदस्यहरु जीवन भण्डारी-हाल अमेरिका, चेतन पटेल- हाल अमेरिका , केशव सिग्देल- हाल काठमाण्डौ,बसन्त सिग्देल- हाल काठमाण्डौ, रतन चन्द -हाल काठमाण्डौ, कमला आचार्य- हाल अमेरिका,सुनिता पोख्रेल – हाल अमेरिका, सुकलाल न्यौपाने- हाल कोहलपुर यस कार्यक्रमका लागि आर्थिक सहयोग पुर्याउने सदस्यहरु हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here