२०७८ जेष्ठ २९ / नेपालगन्ज ✍️ रामदिन साहू
नेपालगन्ज उप महानगरपालिकमा रहेको साहू समाज युवा समिति बाँकेले शनिबार रक्तदान कार्यक्रम गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका ५ स्थित रहेको साहू समाज राधा कृष्ण मन्दिरको प्राङ्गणमा आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेको छन् ।
प्रमुख आथितीको रूपमा नेपालगन्ज उप महानगरपालिका गोपीनाथ वैश्यले कार्यक्रमलाई शुभराम्भ गर्नुभएको थियोे ।
कोरोना महामारीको कारण विभिन्न अस्पतालहरुमा रक्तको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कोषअध्यक्ष रामदिन साहूले बताए।
उक्त रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई खाना, फलफूल, गुल्कोज, फ्रुटी, टिसर्ट र गम्छासहित सम्मान -पत्रले सम्मान गरिएको थियो ।