बाँकेका एसपी र डिएसपीको सरुवा,नयाँ एसपी श्यामकृष्ण अधिकारी आउने

0
925

२०७८ असार ९ — नेपालगन्ज

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक एसपी ओम रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवा गरेको छ । बाँकेका एसपी ओम रानाको पनि सरुवा सुचिमा परेको छन ।

बाँके एसपी ओम रानाको सरुवा प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपीको रुपमा श्यामकृष्ण अधिकारीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को पनि सरूवा गरेको छ ।सरुवा लगत्तै बाँकेको डिएसपी सुभास खड्काको सरुवा पनि भएको छ ।

प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा अभिलेखन शाखामा डिएसपी सुभास खड्काको सरुवा भएको छ ।

बाँकेमा नयाँ डिएसपीका रुपमा मधुसुदन न्यौपाने आउनुहुने भएको छ । यहाँ आउन भन्दा अगाडि न्यौपाने इलाका प्रहरी कार्यालय टिकापुरमा कर्यारत हुनुहुन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here