माग बेवास्ता गरिएमा थप संघर्ष तथा आन्दाेलन गर्न बाध्य हुने चेतावनी
२० असार, बाँके । लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेकाे सञ्चार विधेयक विरुद्ध बाँकेका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएका छन ।
उक्त विधेयक पत्रकारहरुकाे हक, हित विपरित र संविधानसँग बाझिएकाेले बिधेयक फिर्ता संगै पुर्नलेखन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ बाँकेले आइतबार जिल्ला अधिकारी गेलाललाई ज्ञापन पत्र बुझाएको हो ।
साे विधेयक खारेज गरि पुनर्लेखन गर्नु पर्ने माँग राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे आाह्वानमा ज्ञापन पत्र बुझाएको हो ।
सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईंले लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेकाे सञ्चार विधेयकको प्रस्तावना देखि अधिकांस धारा उपधारा संचार माध्यम र संचारकर्मीलाई जरिवाना देखि कैद सम्म समेटिएर राखिएकोले तत्काल यस्तो बिधेयक फिर्ता लिई पुर्नलेखन गर्न जोडदार माग गरेका छन ।
ज्ञापन पत्र बुझाउने क्रममा मन्तव्य राख्दै पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस संगठनका अध्यक्ष डक्ट धितालले विधेयककाे खारेजी तथा पुनर्लेखन गर्नु पर्ने जाेडदार माँग राखेका छन् ।
संचार माध्यम, संचारकर्मीहरुको मर्म र धर्म बुझ्नु भएकोले मुख्यमन्त्री पोखरेलको हैसियतले सम्बन्धित सरोकारवालाहरु संग छलफल गराएर संचारमैत्री विधेयकको वातावरण मिलाईनुपर्ने माग राख्दै महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष दामाेदर भण्डारीले जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला शाखा बाँकेको नेतृत्वमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चाैलाई, सचिवद्व्य जयसिंह के.सी., शिव सुनार, लुम्बिनी प्रदेश सदस्यहरु माेहम्मद आरिफ अन्सारी, सरला सुवेदीकाे विशेष उपस्थितिमा माग सहित उक्त ज्ञापन पत्र बुझाईएकाे छ ।
महासंघ बाँकेका अध्यक्ष दामाेदर भण्डारीले पत्रकार पक्षहरुको माग सम्बाेधन नगरी यस्तै वातावरणमा विधेयक अगाडि बढाईएमा थप संघर्ष तथा आन्दाेलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।
उक्त कार्यक्रममा अवधी पत्रकार संघका अध्यक्ष चन्द्रेश्वर त्रिपाठी, वरिष्ठ पत्रकार सिराज खान, शंकर खनाल, ओवीराज आचार्य, नील खबरका अध्यक्ष अजय पाठक लगायत, बगेश्वरी एफ एम तथा समय पत्रका पत्रकार भिस्मा लोध, भगतराम थारु, जावेद हलवाई, लगायत जिल्लाका पत्रकारहरुको उपस्तिथि थियो ।










