वडा स्तरीय तीन दिने आत्मरक्षा तालीम सम्पन्न

0
510

२०७८ असार १३ / कोहलपुर ————-

कोहलपुर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरीक उप-शाखा द्वारा आयोजित ३ दिने आत्म सुरक्षा तालीमको आज समापन भएको छ ।

उक्त तालिममा ३८ जना किशोरीहरूलाई प्रशिक्षण गर्ने र आत्मरक्षा गर्न सक्ने तिन दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम स्वास्थ्य मापदंडको पुर्ण रुपमा पालना गर्दै तालीम भएको थियोे ।

उक्त तालिममा प्रमुख प्रशिक्षक को रूपमा पुजा वैश्य हुनु हुन्थियो भने प्रशिक्षकको भूमिकामा सुरेन्द्र चलाउने,राजु चौधरी,राधिका चौधरी हुनु हुन्थियो।

प्रशिक्षक पुजा वैश्य अनुसार मैले आत्मरक्षा सिक्नुको उदेश्य नई अरुलाई सिकाउन सक्ने र यसलाई अगाडि निरन्तरता अवश्य दिने छु।आशा गर्छु हाम्रो देश हाम्रो समाज दुरबेह्वार र हिंसा मुक्त हुनेछ।

किशोरीहरूको बढ्दो उमेर, शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न समस्या, दुर्घटना, हिंसा, शोषण र दुर्व्यवहारजस्ता समस्याहरूको प्रतिकारगरी आत्मरक्षा गर्न र सम्मानित जीवन जिउँन सिकाउने एवं संभावित जोखीमलाई समाधान गर्न सिकाउने उदेश्य साथै समाजमा रहेका विभिन्न खालका विकृती विसङ्गतीका बिरूध्द आवाज उठाउने क्षमता अभिबृध्दी गराउनकालागी उक्त तालिमको सुरू गरिएको प्रमुख प्रशिक्षक वैश्यले जानकारी दिनु भयो।

तालीम समापन् मा सबै किशोरीहरूले आफ्नो अनुभव सुनाउँदै अब हामी प्रतिकार गर्न र निडर भएर हिंसाको विरोध गर्न सक्ने भएका छौ। उक्त तालीमको सञ्चालन तथा सहजीकरण तारा भण्डारी गर्नु भएको थियो।

किशोरीहरुलाई आफ्नो आत्मरक्षा आफै गर्न सक्ने हुनु पर्छ । यही विषयमा केन्द्रित रही हामी पुन आत्मरक्षा तालीमको सञ्चालन गर्नेछौं भन्दै महिला,बालबालिका तथा जेष्ठ नागरिक कोहलपुर शाखा प्रमुख रिना शाहीले तालीमको समापन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here