मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

0
359

नेपालगन्जको राझामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भे ७ प ९१९४ नम्वरको मोटरसाइकल नेपालगन्ज देखि राँझा एर्पाेट जाने क्रममा गति तीब्र भएकोले मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको हो । मोटरसाइकल चालक शंकर शाही हुम्ला जिल्ला सर्केगाड -७ रोडिकोट ठूलो गाउँ निवासी भएको गनापुर प्रहरी चौकिका प्रमुख प्रेम सिंह भण्डारीले जानकारी दिए।

दुर्घटना लगत्तै चालक शाहीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको र मेडिकल कलेज मै निधन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here