श्रीवास्तव कर्जा असुली उपसमितिमा नियुक्त

0
470

३१ असार, बाँके ।

नेपालगन्जका युवा विक्रान्त श्रीवास्तव नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कर्जा असूली उप-समिती सदस्य छनौट गरेको छ ।

उक्त सचिवालयका नि. कार्यकारी निर्देशक नारायण दत्त देवकोटाले उक्त कोषको कर्जा लगानी तथा असूली कार्यबिधी, २०७७ को व्यवस्था बमोजिम असार २३ गते देखि आर्को व्यवस्था नभए सम्मका लागि बाँकेमा कर्जा उप-समितिको सदस्यमा छनौट गरिएको बताएका छन ।

जिल्लाको कर्जा असुली उपसमितिका संयोजकसँग समन्वय र सहकार्य गरेर काम गर्नेगरी श्रीवास्तवलाई सदस्यमा मनोनित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here