शिवम गुप्ता
नेपालगन्ज / ७ श्रावण
बाँकेमा बैङ्किङ कसुर मुद्दामा संलग्न भएका एकजना फरार व्यक्ति पक्राउ परेका छन्
जिल्लाको बाँके कोहलपुर नगरपालिका-११ का ३८ वर्षीय विष्णु जिवन धिताल लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्याम कृष्ण अधिकारी आनुसर पक्राउ परेका विष्णु जिवन धिताललाई बाँकेको सम्मानित जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा २०७७ फागुन १२ गतेको फैसलाले ३ दिन कैद र दुई लाख अस्सी हजार रुपैयाँ जरिवाना सहित सजाए सुनाईएको थियो ।
निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले आज विहेवार ७ गते विष्णु जिवन धिताललाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।











