लागु औषध सहित २ भारतीय र १ नेपाली पक्राउ

0
1586

जान मो जरगर / ९ साउन नेपालगंज,

नेपालगंज बाट लागु औषध सहित तिनजना पक्राउ परेको प्रहरीले जनाएको छ। 

भारत उत्तर प्रदेश लखनउ बस्ने २८ वर्षीय मुस्तकिम सिद्दिकी, भारत उत्तर प्रदेश वहारइच बस्ने २८ वर्षीय मो. सलमान खान र जिल्ला बाँके नेपालगंज उप महानगरपालिका वार्ड न.११ बस्ने अजाद कबडिया पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँकेले उनीहरु तिन जनालाई शुक्रवार बेलुका अन्दाजी ८ बजेको समयमा नेपालगन्ज उप महानगरपलिका १२ कोरियनपुर् स्थित दिव्या खड्काको घरमा भाडा लिई बसी लागु औषध ब्राउन सुगरको खरिद विक्री कारोवार गर्द निजको कोठामा गई रित पुर्वक तलासी लिने क्रममा उक्त कोठामा पहेलो रंगको पलाष्टिकमा पोका पारी राखेको १ पोका सो भित्र खैरो रंगको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ फेलापारी पलाष्टिक सहित तौल गर्दा ४३ ग्राम रहेको जानकारी दिए ।

न्यौपाने अनुसार दिल्ली क्राईम नेसनल न्यूज पपेर ( Delhi crime national news पपेर)लेकेको सलमान खानको नाममा रहेको प्रेश कार्ड थान १, निजले हातमासमातेको ९८०४५०९२५९ नम्बर प्रयोग भएको Realme मोवाईलथान १, सोही कोठा डिजिटल काटा तराजु थान १, भारत उत्तर प्रदेश जिल्ला चोक,लखनउ घर भई सो कोठा भाडा लिई बस्ने बर्ष २८ को मुस्तकिम सिद्दिकीले हातमा समातेको ९८००५६७९६६ नम्बर प्रयोग भएको Vivo मोवाईल थान १ र जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१६ वस्ने वर्ष २२ को आजाद कवडियाको पाईन्टको दाँया खल्तीमा ९८२६५४३४१९ नम्बर प्रयोग भएको Itel को साधा मोवाईल सेट थान १ फेला पारी बरामद गरी, नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here