शिवम गुप्ता, नेपालगंज-
रुपैडिहामा लागु औषध सहित एक जना पक्राउ परेका हुन।
नेपालगन्जसंग खुला सिमा जोडिएको भारतको रुपैडिहा बजार घसियारन टोलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एक जना परेको रुपैडिहाका थाना प्रमुख अभय सिंहले जानकारी दिए।
रुपैडिहाक थाना प्रमुख अभय सिंह आनुसर पक्राउ परेका घसियारन टोलका युवा २१ वर्षीय ताज बाबुलाई आइतबार पक्राउ गरिएको हो ।
बाबुलाई विशेष सूचनाको आधारमा रुपैडिहाक थाना प्रमुख अभय सिंहको टोली र एसएसवी असिस्टेण्ट कमाण्टेन्ट सुमित भारद्धाजको संयुक्त खटिएको टोलीले १७५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
बरामद भएको लागु औषधको मुल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको रुपैडिहा थाना प्रमुख अभय सिंहले जानकारी दिनु भयो।
नेपाल- भारत सिमावर्ती क्षेत्र खुला भएकोले तस्करले प्रहरीको आखाँ छल्दै लागू औषध भारतबाट नेपाल भित्र्याउन प्रयासमा रहदा पक्राउ गरिएको भारतिय प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।










