नेपालगन्ज -२५ साउन, नेपालगन्जबाट बेवारिसे अवस्थामा रहेको सुर्ती बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँके अनुसार नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुर स्थित बेवारिसे अवस्थामा रहेको सुपर पावर सुर्ती प्रहरीले बरामद गरेको जनाएको छ ।
करिब दुई लाख दश हजार रुपैया बराबरको सुर्ति जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारी
आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज पठाईएको छ।










