ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ

0
1200

कपिलबस्तु, साउन २८

कपिलबस्तुमा लागु औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। ।

शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवा स्थित लागु औषध बिक्री वितरण गरि रहेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरिएको छ।

प्रहरी नायब उपरिक्षक भण्डारी अनुसार पक्राउ पर्नेमा भारतको जिल्ला सिद्धार्थनगर थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षिय मोहम्मद रजा खान लाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ।

पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजी भित्र जब्बर छाप तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको ३ वटा पोका फेला परेको हो ।सहजाद अन्सारी र मोहम्मद रजा खान लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here