नेपालगन्ज, साउन ३०
नेपालगन्जमा कोरोनाको तेस्रो लहर संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ ।
जिल्ला बाँके नेपालगन्ज उप महनगरपालिकामा रहेको बि-योर्स सेल्फले‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।
तेस्रो लहर कोभिड-१९ को जोखिम बढेको भन्दै कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको बि-योर्स सेल्फकी अध्यक्ष अनुपा चौधरीले बताइन् ।
नेपालगन्ज बजारक्षेत्रमा सर्वसाधरण,बाटोमा खटिएका प्रहरी र सवारी चालकलाई मास्क र साबुन वितरण गरिएको बि योर्स सेल्फका सचीव शिवम शाहले बताए ।
अध्यक्ष चौधरी अनुसार नेपालगन्ज जमुनहा देखि बिपि चौक सम्मा आज पहिलो कार्यक्रममा करिब २ हजार थान मस्क र ३ सय थान साबुन वितरण गरिएको र फेरिपनि यो कार्यक्रमलाई निरन्तरता दिने छ।
मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको चौधरीले बताइन् ।












