जान मोहम्मद / नेपालगन्ज ,
इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व सामाजिक सुरक्षालाई मध्येनजर गर्दै नेपालगन्ज लगायत विभिन्न स्थान बाँट बाजागाजाका साथै हुसैनी जुलुस निकालने छन् ।
बिगत लामो समय देखि कोरोना भाइरसको महामारी फैलिएपछि वर्षौं देखि नेपालगन्जमा मुस्लिम धर्मावलम्बीले मनाउँदै आएका मोहरर्म पर्ब दुईवर्ष देखि लगातार कोभिड-१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै यसवर्ष पनि सरकारले लगाएको नियम पूर्ण रुपमा पालना गरि आज देखि मोहरर्म पर्व शुरु गर्न लागेको मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारसीले बातए ।
आज राती १२ बजे पछि मोहरर्म को छाठौ दिनमा मेहन्दी मिलन कार्यक्रम हुसैनी जुलूस निकालने । मोहरर्म पर्वको ७औ र ८औ दिन मा हुसैनी जुलूस निकालने र आलम मिलन गरी महतम कार्यक्रम हुनेछ।
त्यस पश्चात् मोहरर्म पर्वको ९औ दिन ताजिया राखी रातभरी दुरुद फातिहा गरि मनाउने र भोलि पल्ट मोहरर्म पर्वको १० औ दिन ताजिया बिसर्जनको कार्यक्रम रहेको मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिको उपाध्यक्ष मेराज हिमालले बताए ।
केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिले यस वर्ष बिश्वभरी कोरोना भाइरसको प्रकोप रहेकाे र नेपालगञ्ज बजारमा दैनिक रुपमा कोरोना संक्रमितहरु देखापरि रहेका कारणले स्थानीय प्रशासनले जारी गरेको सामाजिक सुरक्षा मापदण्ड अनुसार नै यस बर्षको मोहर्रम पर्व मनाईएकाे केन्द्रिय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष वारसीले बताउनुभयो ।










