सामाजिक संजाल बाटै चर्चित भयो कोहलपुर न्यु सिटि(भाइरल रोड)

0
597

शिवम बनिया / कोहलपुर ,

बाँकेको कोहलपुर संगै सटिएको बैजनाथ गाउँपालिका स्थित कोहलपुर न्यू सिटीमा रहेको भाइरल सडक अहिले सामाजिक संजालमा निकै चर्चामा रहेको छ।

सामाजिक संजाल फेस्बुका, टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको स्थानीयले बताउछन् ।

करिब चार देखि पाँच महिना आघी सुनसन हुने ठाउँ एकाएक भाइरल भएको देखेर स्थानीय दंग भएकाछन् । केही समय आघी प्लटिङ भएको जग्गामा नयाँ निर्माण कालोपत्र सडकको वरिपरि हरियाली खेत, चारैतिर प्रकृतिक दृश्य कारण भाइरल रोड’ भनेर चर्चामा छ।

स्थानीय आटो चालक गगन कडेलका अनुसार रोड भाइरल भए संगै स्थानीय ब्यापार पनि बढेको र सधैं सुनसान हुने न्यू सिटीमा अहिले चटपटे, होटल,नास्ता पसल आइस्क्रीम लगायत विभिन्न सवारी साधन त्यही ठाउँमा पुग्ने गरेको छन। अहिले दैनिकी चहलपहल हुँदा स्थानीय पनि खुशी भएको बताउछन्।

अहिले यस सडकमा टिकटक बनाउन र हेर्न आउनेको घुइचो नै लाग्ने गरेको छ। पछिल्लो समय दैनिक १ देखि २ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here